थप २२९९ जनामा कोरोना संक्रमण , ३४ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ६६ आरटी पिसिआर र ४ हजार ३० एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ९९ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ४२ हजार ५३ जनामा र एन्टिजेन विधिबाट ३६ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्य हाल २६ हजार ३ सय ३६ जना होम आइसोलेसन, २ हजार ९३८ जना संस्थागत आइसोलेसन, ६ सय ३२ जना आइसीयू र १ सय ८१ जना भेन्टिलेटरमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ३४ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४ प्रतिशत छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार