ललितपुरको सानेपामा एक भारतीय नागरिकको शंकास्पद मृत्यु

काठमाडौं । ललितपुरको सानेपामा एक पुरूषको शव फेला परेको छ। सानेपास्थित गुसी टोलमा आइतबार बिहान एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ।

ती पुरूष भारतीय नागरिक भएको प्रहरीको भनाइ छ। मृतक राजस्थानका ५९ वर्षीय सत्यनारायण परित भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार घटनास्थलमा प्रहरी पुगिसकेको छ।

‘भारतीय नागरिकको शंकास्पद मृत्यु भएको देखिन्छ। दराज तोडफोड गरेको भेटिएको छ भने ओछ्यानमा रगत भेटिएको छ,’ उहाँले भन्नुभयो, ‘घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ।’घटनाबारे थप अनुसन्धान जारी रहेको उहाँले बउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार