काठमाडौँ । यो वर्षको मनसुनका कारण भएको बाढी पहिरोका कारण देशका २२ जिल्लामा ३९ जनाको मृत्यु हुनुका साथै ४६ बेपत्ता र ३९ जना घाइते भएका छन् ।
आइतबार राष्ट्रिय सभामा बोल्दै गृहमन्त्री विष्णुप्रसाद पौडेलले यसबारे जानकारी दिनुभएको हो । बाढी पहिरोमा परेका २ सय ७८ जनालाई सेनाको हेलिकोप्टरबाट र २ हजार जनालाई अन्य माध्यमबाट उद्धार गरिएको उहाँको भनाई छ ।
यस्तै विभिन्न जिल्लाहरुमा ५ सय ६५ घर पूर्ण रुपमा क्षति भएको, १ सय १२ घरमा आंशिक क्षति र ३६ सरकारी कार्यालय भवनमा क्षति पुगेको मन्त्री पौडेलले जानकारी गराउनुभयो । रातोपाटीबाट