काठमाडौं । लागुऔषधसहित कञ्चनपुरबाट दुई जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका-६ ऐठपुरका राम साउद छन्।
आइतबार उनीहरूलाई भीमदत्त नगरपालिका-६ स्थित पूर्वपश्चिम राजमार्गबाट पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। म २ प ९८६६ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा दुबैको साथबाट २३.२५ ग्राम ब्राउनसुगर बरामद भएको छ।
यस्तै, इटहरीबाट तीन जना युवालाई २१ ग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इटहरी-६ का २३ वर्षीय दिपेश तामाङ, इटहरी-८ का २५ वर्षीय शम्भु कार्की र इटहरी-५ का २० वर्षीय सुजन श्रेष्ठ छन् । सेतोपाटीबाट