
काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरङ्कुश नभएको दाबी गर्नुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना छि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर उहाँले गर्नुभयो । उहाँले निर्वाचनको विरोध गर्ने विपक्षीहरू कसैसँग पनि जनतासामु जाने हिम्मत नभएको दाबी पनि गर्नुभयो ।
उहाँले संसदीय अभ्यासको नाम गैर संवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गर्नुभयो । निर्लज्ज ढङ्गले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइदिनुपर्७शधवसयो भन्दै नसुहाउँदो ढङ्गले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको उहाँले टिप्पणी गर्नुभयो ।
सरकारले कोभिड दोस्रो लहरको समयमा अत्यधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गर्नुभयो । उहाँले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गर्नुभयो । संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताउनुभयो । बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठुलो जनधनको क्षति भएको भन्दै राहत, पुनर्स्थापनाको माग गर्नुभयो । रातोपाटीबाट