मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका ९ बस्ने ४७ वर्षीय कमल पराजुली रहेका छन् ।
मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय सुनाएको थियो भने पराजुलीलाई मकवानपुर जिल्ला अदालत हेटौडाले सवारी ज्यान मुद्दामा ९ दिन कैद २ हजार जरिवाना सुनाएको थियो ।
आफ्नै गाउँघरमा लुकीछिपी बस्दै आएका मिथुन तितुङलाई आइतबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइ कैद भुक्तानको लागि कारागार कार्यालय भिमफेदी पठाइएको छ भने कमल पराजुलीलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट