रौतहटमा भेटियो दुर्लभ सेतो काग

रौतहट । रौतहटमा दुर्लभ सेतो काग देखिएको छ। सामान्यतया गाढा कालो हुने कागलाई धेरैले मन पराउँदैनन् तर सेतो काग देखा परेपछि भने दिनहुँ सयौँको संख्यामा हेर्ने मानिसको भीड लाग्न थालेको छ।

रौतहटको वृन्दावन नगरपालिका ४ पल्टुआमा सेतो काग देखिएको हो। सेतो काग कहाँ गुँड बनाएर बस्दछ भन्ने विषयमा स्थानीयले खोजी गरिरहेका छन्।

हरेक दिन अवश्य नै दिनको एकपटक सेतो काग स्थानीय उमेश यादवको खेतमा देखा पर्ने गरेको छ। सेतो कागको बारेमा स्थानीयमा जिज्ञासा बढेर गएको स्थानीय उमेश यादवले बताएका छन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार