झापा । झापामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। विर्तामोड नगरपालिका वडा नम्बर ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका वडा ८ स्थित रामकुमारी दर्जीको घरमा उनी मिटर जडान गर्न बिजुलीको पोलमा चडेका थिए। त्यसै क्रममा उनलाई करेन्ट लागेर खसेका थिए।
भुइँमा लडेपछि उनको टाउकोमा चोट लागेर गम्भीर घाइते भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ। गम्भीर घाइते भएका भट्टराईको उपचारको लागी बिएन्डसी अस्पताल विर्तामोड पुर्याउँदा मृत्यु भएको थियो। उनी अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी थिए। सेतोपाटीबाट