हरिणको छालासहित दुईजना पक्राउ

झापा। प्रहरीले हरिण मारेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् ।

हरिण मारी छाला काटि घरमा सुकाइरहेको भन्‍ने सूचानाको आधारमा प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले उक्त हरिणको छालासहित दुवैजनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय झापामा बुझाइएको तथा घटनामा संलग्न रहेका हाल फरार अन्य व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार