बागलुङ । बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका—२ की ८० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताउनुभयो ।
गत असार २१ गते कोरोना पोजेटिभ देखिएपछि धौलागिरि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो । कडाखालको कोभिड निमोनियाको कारण उनको मृत्यु भएको हो । योसंगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । बागलुङमा अहिले पनि २७७ जना सक्रिय संक्रमित रहेका छन् । baglungpostबाट