काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ३५ आरटी पिसिआर र ४ हजार ६३ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ७९ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५० हजार १ सय ६२ जनामा र एन्टिजेन विधिबाट ४० हजार ८ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २८ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३ सय ३३ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.५ प्रतिशत छ ।