लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

मोरङ । मोरङको बेलवारी नगरपालिका-१ गाईघाट टोलबाट लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ वर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना युवती रहेका छन् ।

बिहीबार साँझ साढे ५ बजे ब्राउन सुगरको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तामाङकै घरबाट तामाङसहित ३ जनालाई ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले तामाङको घरमा खानतालासी गर्दा धानको भकारीभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार