बंगलादेशमा भेटियो सबैभन्दा सानो गाई

एजेन्सी । बंगलादेशमा अनौठो सानो गाई फेला परेपछि हेर्न आउनेहरुको भीड लागेको छ । बंगलादेशको चरिग्रामस्थित एक फार्ममा भेटिएको उक्त गाई २१ सेन्टिमिटरको रहेको बताइएको छ । त्यसैगरी उक्त गाईको तौल २८ केजी रहेको छ ।

२३ वर्ष पुगेको गाईको त्यतिको उचाइ र तौलले मानिसहरु आश्चर्य चकित परेका छन् । रानी नाम दिइएको उक्त गाई हेर्न दैनिकजसो भीड लाग्ने गरेको गाई फार्म सञ्चलन गर्दै आएका हसन आउलाडरको भनाइ छ । उनी गाई फार्मका व्यवस्थापक रहेका छन् । उनले आफूले उक्त गाई संसारकै सबैभन्दा सानो गाई भनेर गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि निवेदनसमेत दिएको बताएका छन् ।

अहिले रानी नामको उक्त गाई हेर्न १ हजार ५ सय मानिस फार्ममा पुगिसकेका छन् । त्यहाँ पुग्ने गरेका हरेक मानिसहरुले यतिको सानो गाई कहिल्यै नदेखेको भन्दै आश्चर्य मान्ने गरेको बताइएको छ । अन्य गाईहरुको बथानबाट अन्य ठाउँमै राखेर रानीको स्याहार गर्दै आएको व्यवस्थापक हसनले बताएका छन् ।

बाहिर हिँड्न डुल्न मनपराउने रानीलाई छोटो खुट्टाका कारण लामो बाटो हिँड्न समस्या पर्ने गरेको हसनको भनाइ छ । संसारको सानो गाईको रुपमा गिनिज बुकमा भारतको मनिकयामका नामक गाई रहेको छ ।लासी गर्दा धानको भकारीभित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर १३ ग्राम ५४० मिलिग्राम फेला पारेको छ । पक्राउ परेका तीनै जनामाथि इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार