रौतहट । रौतहटको सदरमुकाम गौरस्थित नालामा खसेर एक जनाको मृत्यु भएको छ । गौर नगरपालिका ५ का ५५ वर्षीय नैमुदिन मन्सुरिको नालामा खसेर गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार अपरान्ह ४ बजेदेखि मदिरा सेवन गरेर मातिएका मंसुरी राति अबेर बजारबाट आफ्नो घरतर्फ गएका थिए । सोही क्रममा उनको खुट्टा चिप्लिएर गौर ५ स्थित नालामा खसेपछि बाहिर निक्लिन नसकेर मृत्यु भएको हुनसक्ने घटना प्रकृतिले देखिएको जिल्ला प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले बताउनुभएको छ।
मृतक मंसुरिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ। मृतकले दैनिक मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । रातोपाटीबाट