
नवलपुर । गैँडाकोटकी एक बालिकाको सर्पले टोकेर मृत्यु भएको छ । शुक्रबार राती गैँडाकोट नगरपालिका–३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेललाई सर्पले टोकेको थियो ।
राती सर्पले टोकेको भएपनि बिहान मात्रै परिवारले थाहा पाएका थिए । थाहा पाएलगत्तै शनिवार बिहान उपचारका लागि अस्पताल पु¥याईएको थियो ।
शरीरमा विष फैलिएकाले गम्भीर अवस्थामा अस्पताल पु¥याईएकी ति बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख एवं प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बताउनुभयो । केही दिन अगाडि सर्पले टोकेर सोही गाउँका चार वर्षका एक बालक र ८३ वर्षका अर्का बृद्धको मृत्यु भएको थियो । dhorpatannewsबाट