एमाले वरिष्ठ नेता नेपाल सिकिस्त विरामी, एकता सहमतिमा हस्ताक्षर गर्ने सम्भावना न्यून

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनै खटिराका कारण सिकिस्त विरामी पर्नुभएको छ ।

एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताउनुभयो । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहनुभएको छैन ।

वरिष्ठ नेता नेपाल विरामी परेपछि दुवै पक्षीय कार्यदलले गरेको सहमतिमा अध्यक्ष ओली र नेपालले हस्ताक्षर गर्ने सम्भावना टरेको छ । एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्यदलको बैठक लगातार बस्दै आएको छ ।

आज विहानैबाट कार्यदलको बैठक बसिरहेको छ । तर, नेता नेपाल विरामी परेपछि आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना न्यून देखिएको छ । असार २८ मा प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला आउनुअघि नै एमालेभित्र सहमति गर्ने प्रयास भइरहेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार