इलाम । उच्च अदालत इलाम इजलासमा कार्यरत महिला कर्मचारी मृत फेला परेकी छिन् । ४८ वर्षीय कार्यालय सहयोगी बिमलादेवी पराजुली मृत फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले बताउनुभयो ।
पराजुली सोलुखुम्बुकी हुन् । अदालत भवन बाहिर नाली छेउमा विहान उनको शव फेला परेको थियो । अनुसन्धानका लागी धरानबाट तालिमप्राप्त कुकुर मगाइएको एसपी श्रेष्ठले बताउनुभयो । रातोपाटीबाट