झापा । झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ। पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्पभन्दा उत्तरतर्फ बसोबास गर्दै आएकी २५ वर्षीय सृजना बस्नेतको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार उनी आमासहित आफन्तको घरमा भाडामा लिएर बसेकी थिइन्। उनी घरकै आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ।
प्रहरी उपरीक्षक राकेश थापाका अनुसार उनी बिर्तामोडकै एक सहकारीमा काम गर्दै आएकी थिइन्।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सेतोपाटीबाट