ओलीका समर्थकहरुले जलाए प्रधानन्यायाधीशको पुत्ला

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको काठमाडौंमा पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

उनी पनि माइतीघर मण्डलामा उभिएर सर्वोच्च अदालतले गैरसंवैधानिक काम गरेको बताएका थिए । आदेश आएलगत्तै पनि एमाले कार्यकर्ताले जबराको पुत्ला जलाउने प्रयास गरेका थिए । तर प्रहरीले रोकेको थियो ।

साँझ बानेश्वरमा भेला भएका कार्यकर्ताले फेरि पुत्ला जलाएका हुन् । एमाले नेता सुवास नेम्वाङले पार्टीले अदालतको फैसला मान्ने बताएका छन् । कार्यकर्ताले प्रदर्शनलाई जारी राखेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार