काठमाडौं । सार्वजनिक यातायात क्षेत्रका चालक र सहचालकले पनि कोभिड खोप पाउने भएका छन्। सरकारले चीनबाट आएको खोप उनीहरुलाई उपलब्ध गराउने निर्णय गरेको हो।
जोखिममा रहेर काम गर्ने श्रमिकलाई खोपको व्यवस्था गरेकोप्रति नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , ‘हाम्रो माग सम्बोधन गरेकोमा सरकारलाई धन्यबाद भन्न चाहान्छु।’ सेतोपाटीबाट


























