काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५८ आरटी पिसिआर र ३ हजार ९ सय ५४ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ३ सय ९८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ५८ हजार ७ सय ७८ जनामा र एन्टिजेन विधिबाट ४५ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १२ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय १२ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७८ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २३ हजार १ सय ५ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.६ प्रतिशत छ ।