काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ५ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ८ आरटी पिसिआर र ४ हजार ९ सय १६ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ५ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६० हजार ७ सय ८८ जनामा र एन्टिजेन विधिबाट ४५ हजार ९ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १८ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २४ हजार ७ सय ११ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.५ प्रतिशत छ ।