काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ कोटेश्वर पुगेका छन् ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड र विप्लव बिहीबार बिहान नेता नेपाल निवास पुगेका हुन् ।
महासचिव विप्लव र स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला नेता नेपाललाई भेट्नका लागि पहिला कोटेश्वर पुगेका थिए । विप्लवले यसअघि बुधबार माओवादीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । नागरिक खबरबाट