जनकपुरधाम । सर्लाहीमा स्रोत नखुलको पाँच लाख रुपैयाँसहित एक जना महिला पक्राउ परेकी छन् ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका-८ झिलमिलिया माई मन्दिर नजिकबाट मलगंवा ३ की ३० वर्षीया रेहाना खातुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेकी खातुनलाई रोकेर चेकजाँच गर्दा उनले बोकेको प्लाष्टिकको झोलाभित्र पाँच लाख फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । खातुनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सर्लाहीमा पठाइएको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट