काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने हुनुभएको छ। गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएपनि उनी भोलि मात्रै सरकारी निवासमा सर्ने उहाँको सचिवालयले जनाएको छ ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा भोलि बूढानिलकण्ठबाट बालुवाटार सर्न लाग्नुभएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको सोमबार प्रतिनिधिसभा पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नागरिक खबरबाट


























