साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं । सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोहीअनुसार सरकारले साउन ३ गतेकै लागि बैठक बोलाउन सिफारिस गरेको ती मन्त्रीको भनाइ छ ।

असार २८ गते सर्वोच्च काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको हो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार