काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ ।
बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय पनि गरेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबारदेखि अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।
यस्तै सबै खालका पसलहरु बेलुका ७ बजेसम्म खुल्न पाउने भएका छन् । अन्य आदेश र प्रावधानहरु साविककै कायम रहने काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले बताउनुभयो । नागरिक खबरबाट