अर्थमन्त्री शर्माले गरे श्वेतपत्र ल्याउने घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको हो ।

‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उहाँले भन्नुभयो, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उहाँका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।

उनले मन्त्रालयमा आयोजित एक कार्यक्रममा अहिले सूचकांकले देखायको अवस्थालाइ श्वेतपत्रमा समेटिने जानकारी दिनुभयो । आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार