खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाद्धारा निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले खोप केन्द्र वृद्धि गरी सेवा दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

खोप केन्द्रहरू कम हुँदा भिडभाड बढेको गुनासोपछि प्रधानमन्त्री देउवाले आज सरकारका मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री देउवाको सचिवालयले दिएको जानकारीअनुसार खोप केन्द्रमा धेरै लामो लाइन देखिएकोले आवश्यकताअनुसार खोप केन्द्र थप गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको हो। स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै कोरोनाविरूद्ध खोप लगाउन पनि प्रधानमन्त्री देउवाको आग्रह छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार