काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटेर बधाई दिएकी छन् । बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर राजदूत यान्छीले प्रधानमन्त्रीलाई बधाई दिएकी हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले आफू सधैँ चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताए । राजदूत यान्छीले दुई मुलुकबीचको परम्परागत सम्बन्धका विभिन्न आयामबारे चर्चा गरेकी थिइन् । नागरिक खबरबाट


























