ओखलढुंगा । जिल्ला अस्पताल रुम्जाटार ओखलढुंगाले आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको छ । अस्पतालमा कार्यरत दुई डाक्टर सहित सात जना कर्मचारीमा कारोना पोजेटिभ देखिएपछि अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गराएको हो । अस्पतालले साउन १ गते अर्थात आजबाट लागु हुनेगरी अर्का सुचना जारी नभएसम्म कार्यालयबाट प्रवाह हुने आकस्मिक बाहेकका अन्य सेवा बन्द गराएको सूचनामा उल्लेख छ ।
अस्पतालमा कार्यरत २ जना चिकित्सक, १ जना नर्सिङ स्टाफ,२ जान भान्छे , १ जना कार्यालय सहयोगी र एकजना अस्पताल कर्मचारीका परिवार सहित ७ जनामा कारोना पोजेटिभ देखिएको जिल्ला अस्पताल रुम्जाटारका सुचना अधिकारी उमा गुरुङले जानकारी दिइन् । गत साउन ३० र ३१ गते अस्पतालमा गरिएको आरडीटी एन्टिजेन परिक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको गुरुङको भनाइ छ ।
अस्पतालमा कार्यरत कोरोना संक्रमित कर्मचारीहरु सेल्फ आईसोलेसनमा बस्नु पर्ने भएकाले अस्पताल प्रशासनले आकस्मिक बाहेकका अन्य सेवा अनिश्चित कालसम्मका लागी बन्द गर्ने निर्णय गरेको सुचना अधिकारी गुरुङको भनाइ छ । संक्रमित कर्मचारी मध्ये दुईजना अस्पतालको आईसोलेसनमा रहेका छन् भने अन्य ४ जना होम आईसोलेसनमा रहेका छन् । एकजना कोरोना संक्रमित अस्पताल कर्मचारीका परिवारलाई भने थप उपचारका लागी काठमाण्डौ पठाईएको छ । उनको अवस्था पनि समान्य छ ।
कामका शिलशिलामा अस्पतालका डाक्टर सहित अन्य कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएपछि अस्पतालमा त्रास फैलिएको छ । अस्पतालले हाल ओपिडी बाहेका अन्य इमर्जेन्सी सेवाहरु नियमित रुपमा सुचारु गरिरहेको जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ । रातोपाटीबाट