काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय १३ आरटी पिसिआर र ४ हजार ५ सय ६९ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार ९ सय ३६ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख ६४ हजार ५ सय ७६ जनामा र एन्टिजेन विधिबाट ४७ हजार ७ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ४३ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ । हाल नेपालमा मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ७ सय ७५ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २ सय ४३ रहेको छ ।मन्त्रालयका अनुसार निको हुनेको दर ९४.५ प्रतिशत छ ।