काठमाडौं । चितवनको पर्सा चोकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका–८ पर्सा चोकमा ना ८ ख ३०२४ नम्बरको ट्याङकरले ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका–१० की २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको हो ।
ट्याङ्करको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका–३ का २५ वर्षीय सुवास चौधरीको सोही अस्पतालमा उपचार भइरेहको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनलाइनखबरबाट