प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन झलनाथ खनालको अपील

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिन अपील गरेका छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री खनालले आफ्नो मत देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् । “यो सरकार संविधानको धारा ७६(५) बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरि संकटग्रस्त हुने छ ।

कुनै पनि प्रकारको अलमल र आक्रोसबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,” खनालले वक्तव्यमा भनेका छन्,“मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रष्ट पार्न चाहन्छु ।” खनाल हाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार