प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिनुुभयो । ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ’, यादवको भनाइ छ ।

बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए ।

गत असार २९ गतेबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । फागुन २८ को सर्वोच्च अदालतको फैसलापछि संसद्को पहिलो बैठक आइतबार ४ बजे बस्दैछ । पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार