अश्लील फिल्म बनाएको अभियोगमा शिल्पा सेट्टीका श्रीमान् कुन्द्रा पक्राउ

काठमाडौं । भारतीय अभिनेत्री शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पक्राउ परेका छन् । अश्लील फिल्म ‘पोर्न मुभी’ बनाएर विभिन्न एपमा रिलिज गरेको अभियोगमा उनलाई सोमबार राति मुम्बइ प्रहरीले पक्राउ गरेको हो ।

गत फेब्रुअरीमा उनीविरुद्ध अश्लील फिल्न बनाएर एपमा रिलिज गरेको अभियोगमा प्रहरीमा निवेदन परेको थियो । यही अभियोगमा कुन्द्रालाई पक्राउ गरेको मुम्बइ प्रहरीले जनाएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ ।

मुम्बइ प्रहरीले कुन्द्राको अभियोगमा प्रशस्त प्रमाण भेटिएकाले मंगलबार नै उनलाई अदालतमा पेस गरिने तयारी गरेको छ । यस अभियोगमा कुन्द्राभन्दा अघि चारजना पक्राउ परिसकेका छन् । कुन्द्रलाई मुख्य आरोपी बनाइएको छ ।

फिल्म खेल्न इच्छा राख्ने सोझा युवतीहरुलाई यस्तो अश्लील फिल्म सुटिङ गरी एपमा राख्ने गरेको आरोप कुन्द्रमाथि लागेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार