प्युठान । माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।
नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निवासी बोम बहादुर थापा मगरकी छोरी आठ वर्षीया विपना थापा मगर र मान्द्रे निवासी नुम बहादुर थापा मर्साङी मगरको छोरी सात वर्षीया सर्मिला थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
सोमबार अपरान्ह ३ बजे पौडी खेल्नेक्रममा उनिहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए ।
घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन् । नदीमा बेपत्ता भएका बालिकाको स्थानीय र सुरक्षाकर्मी मिलेर खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो । नागरिक खबरबाट