रामेछापमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु

रामेछाप । रामेछापको मन्थली नगरपालिका–८ स्थित गाइखुरामा करेन्ट लागेर भारतीय नागरिकको ज्यान गएको छ ।

करेन्ट लागेर भारतको मोतिहारी घर भएका अर्सद आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सुचना अधिकारी (इन्सपेक्टर) सन्तोष श्रेष्ठले बताउनुभयो ।

१८ वर्षीय अर्सद गाइखुरामा रहेको एस.के मोटर वर्कशपमा कार्यरत थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार