काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिस्ठानमा सोमबारबाट सुरु भएको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
एमाले केन्द्रीय कमिटीको चालु १०औँ बैठक आज पनि जारी रहने एमालेले जनाएको छ । सोमबारको बैठकमा एमालेले आफ्ना २२ सांसद्लाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।
बैठकले आइतबार पार्टीको ह्विप उल्लङ्घन गरी प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा मत हाल्ने सांसद्हरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । यद्यपि नेपाल पक्षका सांसद्हरुले दुई दिन बित्दासमेत स्पष्टीकरण दिएका छैनन् । नागरिक खबरबाट


























