काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्चालक ४३ वर्षीय अंगत साह रहेका छन् ।
भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्याउँदै गरेको सूचनाको आधारमा पर्सा इनर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्क कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनलाइनखबरबाट