ओली समूहको उर्लाबारी नगरस्तरीय भेलामा तोडफोड

झापा । मोरङको उर्लाबारीमा नेकपा एमालेको नगरस्तरीय विस्तारित बैठकमा तोडफोड भएको छ। उर्लाबारी-८ स्थित एभरेष्ट फनपार्कमा बिहीबार दिउँसो तोडफोड भएको हो।

केपी ओली समूहले नगरसमिति घोषणा गर्ने र सदस्यता नवीकरण गर्ने भन्दै विस्तारित बैठक आव्हान गरेको थियो। उक्त भेला सुरू हुनुभन्दा अगाडि नै तोडफोड भएको एक स्थानीय नेताले बताउनुभयो।

सो समूहका उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले विस्तारित बैठक आयोजना हुनुभन्दा अगाडि नै तोडफोड भएको जानकारी दिनुभयो। कसले तोडफोड गरेको भन्ने खुलिनसकेको उहाँले बताउनुभयो।

तोडफोड गर्ने समूहको खोजी तथा पहिचान गर्न आफूहरू लागेको भन्दै उहाँले यस्तो कार्य नगर्न सुझाव दिनुभयो। तोडफोडपछि भेला खुला ठाउँमा गरिएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार