मलेसियाबाट २४ को शव र ३ जनाको अस्तु आयो [ तस्बिरहरु ]

काठमाडौँ । लकडाउनको समयमा मलेसियामा मृत्यु भएकामध्ये २७ जना नेपाली कामदारको शव शनिबार बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको छ । जसमा ३ जनाको अस्तु मात्रै छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार अन्तर्राष्ट्रिय उडान रोकिएकोले समयमा नै शव पठाउन नसकिएको हो । लामो समयसम्म सरकारले नेपाल एअरलाइन्सको वाइडबडी जहाज नपठाइदिएकोले मलेसियामा मृतक कामदारको शव ल्याउन सकिएको थिएन ।

दूतावासका अनुसार मृत्यु हुनेमध्ये अधिकांशले आत्महत्या गरेका थिए । त्यसबाहेक औद्योगिक दुर्घटना, सडक दुर्घटना र क्रोनिक रोगहरुबाट मृत्यु भएको थियो । यी शवहरुलाई नेपाल एअरलाइन्सको उडान नम्बर ४१६ को वाइडबडीबनाट ल्याइएको हो ।

 

सबै तस्बिर : क्याप्टेन विजय लामाको फेसबुकबाट 

क–कसको शव आयो ? बुद्धिराम कामी–सल्यान, मनीराम चौधरी–बर्दिया, कर्णबहादुर बुढाथोकी– बैतडी,सन्दीप विक,प्रमोद विक सुनील बीसी–बाग्लुङ, झापटबहादुर थापा–तनहुँ, दलबहादुर मोक्तान– पाँचथर, कृष्णकुमार राई–ललितपुर, होमबहादुर गुरुङ–सुनसरी,रामचरित्र कानु–बारा, अमरबहादुर माझी-सिन्धुपाल्चोक, लोकबहादुर शाही– दैलेख, रुपेशपुलामी मगर–सिरहा, श्यामु थारु– कपिलवस्तु, सोमरबहादुर तामाङ– ओखलढुङ्गा, शम्भु विक–झापा, कमलादेवी भण्डारी–मोरङ, लोकबन्धु लावती– झापा, मति तामाङ– नवलपरासी, यमबहादुर सनारी–पाल्पा, दलमान तामाङ–ओखलढुङ्गा, गोविन्द बोहरा– झापा। अस्तु ल्याइएका – मोहनप्रसाद चौधरी–नवलपरासी, मीनबहादुर विष्ट– डढेलधुरा, रोशनकुमार यादव–सिरहा । ekantipur 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार