झन्डै एक किलो कोकिनसहित एकजना पक्राउ

काठमाडौं । प्रहरीले चितवनबाट झन्डै एक किलो कोकिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका(५ का सुरज गुरुङ छन्।लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले गुरुङलाई चितवनबाट आइतबार पक्राउ गरेको हो।गत बिहीबार मात्रै काठमाडौंको एक होटलबाट प्रहरी जवानसहित पाँच जना कारोबारी समातिएका थिए।

पक्राउ परेका सुरज कारोबारीका मुख्य व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ। एक किलो कोकिनको झन्डै तीन करोड रूपैयाँ नेपाल बजार हुन आउँछ। ब्युरोले भने औपचारिक रूपमा गुरुङ पक्राउबारे सार्वजनिक गरेको छैन।

आइतबार गुरुङलाई समात्न ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी खटिएको थियो। हेडौडाबाट अन्य केही व्यक्तिहरू पनि पक्राउ परेको ब्युरो स्रोतले जनाएको छ।

गुरुङ लागुऔषध कारोबारमा नाम चलेका व्यक्ति हुन्। कोकिन दक्षिण अमेरिकन मुलुकबाट नेपाल तस्करी हुँदै आएको छ। कोकिन निकै महंगो लागुऔषध मानिन्छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार