निर्वाचन आयोगले पार्टी फुटाउन खोज्यो : राजेन्द्र महतो

काठमाडौं । जनता समाजदावी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले निर्वाचन आयोगले पार्टी फुटाउन खोजेको आरोप लगाउनुभएको छ। जसपामा देखिएको विवादबारे निर्वाचन आयोगले हेडकाउन्ट गर्न सबैलाई सोमबार अनिवार्य उपस्थित हुन भनेपछि निर्वाचन आयोग पुग्नुभएका महतोले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामिले पार्टी फुटाउन लडाई गरेका थिएनौँ, निर्वाचन आयोगले पार्टी फुटाउँदैमा पार्टी फुट्दैन के ।’ महताले पार्टी जनताबाट निर्माण हुने भन्दै अब आयोगको फैसलापछि आफुहरुको निर्णय हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘हामिले पार्टी फुटाउन लडाई गरेका थिएनौँ, निर्वाचन आयोगले पार्टी फुटाउँदैमा पार्टी फुट्दैन के ।’ महताले पार्टी जनताबाट निर्माण हुने भन्दै अब आयोगको फैसलापछि आफुहरुको निर्णय हुने बताउनुभयो ।

पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनु दुःखद् भएको महतोले बताउनुभयो ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं’, महतोले भन्नुभयो ।

उपेन्द्र यादवको पार्टी संकटमा पर्दा आफूहरुले सहयोग गरेको, तर अहिले प्राविधिक कारण देखाएर पार्टी फुटाउन खोजेको उहाँको आरोप छ । महतोले भन्नुभयो , ‘जनता अब वैकल्पिक शक्ति निर्माणको प्रक्रियामा अघि बढ्छ । यो बहुराष्ट्रिय राज्य हो । यो सम्पूर्ण नेपालीको देश हो । हामी विचलित हुँदैन ।’नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार