जसपाको कार्यकारिणी समिति बैठक आज दिउँसो २ बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यकारिणी समितिको बैठक बोलाउनुभएको छ। बालकुमारीस्थित पार्टी कार्यालयमा आज दिउँसो २ बस्ने बैठकमा निर्वाचन आयोगले आधिकारिकता दिएपछिको अवस्थाबारे छलफल हुने बताइएको छ। जसपाको आधिकारिकताको विवादमा सोमबार निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएको थियो।

५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको पक्षमा ३४ जनाले हस्ताक्षर गरेका थिए। रेशम चौधरी तटस्थ बसेका थिए। अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका १६ जनालाई के गर्ने भन्ने विषयमा समेत छलफल हुने एक कार्यकारिणी सदस्यले बताउनुभयो। त्यस्तै आजको बैठकमा संसदीय दलको विधानबारे समेत छलफल हुने बताइएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार