काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाउनुभएको थियो ।