काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४ सय ११ गरी २ हजार ५ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख १४ हजार ८ सय ७७ जनामा र एन्टिजेन विधिबाट ६८ हजार ४ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ भने २ हजार २९ जना निको भएका छन् । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३९ पुगेको छ भने ६ लाख ६९ हजार २ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ८५ जना रहेका छन् । जसमध्ये ३१ हजार ९ सय ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ५२२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८०२ जना आईसीयू र १८१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।