काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अपवित्र गठबन्धनबाट बनेर आएको बताउनुभएको छ । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बउनुभएको हो।
उहाँले अहिलेको सरकार देशभक्त शक्तिविरुद्ध बनेको गठबन्धनको सरकार भएको दाबी गर्नुभयो । बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विश्वास नगरेर अपवित्र गठबन्धनको संस्कृतिको विकास भएको छ,’ओलीले भन्नुभयो,’त्यस संस्कृतिको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिकाविरुद्ध आक्रमण केन्द्रीत गर्ने ।
यसलाई उहाँहरू लोकतान्त्रिक संस्कृति भन्नुहुन्छ । सुरु कसरी गर्नुहुन्छ भने नेकपा एमाले सरकारका पालामा गरिएको नियुक्ति खारेज गरे । ‘ उहाँले आफूहरु पवित्र साँठगाँठ र संस्कृतिको विकास गर्नतिर लागेको बताउनुभयो ‘। ekantipurबाट