देशभर थपिए ३४८१ कोरोना संक्रमित, ३० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९ सय ७ पीसीआर परीक्षण गर्दा २ हजार ६ सय १६ जना र ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षण गर्दा ८ हजार ६५ गरी ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा पिसिआर विधिबाट ७ लाख २३ हजार २ सय ९६ जनामा र एन्टिजेन विधिबाट ७२ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८५ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार १ सय ८० पुगेको छ भने ६ लाख ७५ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ जना रहेका छन् । जसमध्ये ३४ हजार ८ सय १३ जना होम आइसोलेसनमा , ३ हजार २ सय २० जना संस्थागत आइसोलेसनमा र ३ सय ९९ क्वारेन्टाइनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ७६ जना आईसीयू र १ सय ८४जना भेन्टिलेटरमा उपचाररत् छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार