छतबाट खसेर नेपाली सेनाका हवल्दारको मृत्यु

तनहुँ । तनहुँमा घरको छतबाट खस्दा १ जनाको मृत्यु भएको छ। गएराति घरको छतबाट खस्दा व्यास नगरपालिका–३ देउरालीनगरका ३६ वर्षीय लक्ष्मण थापाको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ ।

घरको छतबाट खसरे घाईते थापाको दमौली अस्पतालमा उपचारको क्रममा गएराती नै मृत्यु भएको डिएसपी युवराज तिमिल्सिनाले बताउनुभयो।

थापा नेपाली सेनाका हवल्दार हुन्। उनी खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनीमा कार्यरत थिए । १५ दिनका लागी विदामा रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान चलिरहेको जनाईएको छ। nagariknews.nagariknetwork बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार